दैलेख – भैरवी गाउँपालिका–५, बैटाकुरामा बँदेलको आक्रमणबाट एक जनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।
बँदेलको आक्रमणबाट ५० वर्षीय पदमबहादुर बिष्टको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर वरालले जानकारी दिनुभयो ।
घरनजिकै बारीमा काम गरिरहेका बिष्ट बँदेलकाे आक्रमण गरे लगतै घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुई साता अघि पनि भैरवी गाउँपालिकामा बँदेलको आक्रमणबाट भैरबी-६ का ७८ वर्षीय प्रदीपबहादुर सिंहको मृत्यू भएको थियाे ।
भैरवी गाउँपालिका र आठबीस नगरपालिकाका स्थानमा बँदेलको आक्रमणबाट घाइते भएका ३ जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार चलिरहेको छ ।
प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार








प्रतिक्रिया दिनुहोस्