२०८२ मंसिर २३ , मंगलबार (2025 Dec 9, Tuesday)

योजना बैंक बारे जिल्लास्तरीय अभिमुखीकरण



दैलेख – कर्णाली प्रदेश योजना आयोगले प्रदेश सरकारले सञ्चालन गर्ने विकास आयोजनाहरुको छनौट, बजेट विनियोजन र कार्यान्वय प्रक्रिया बारे जानकारी गराउन दैलेखमा शुक्रबार एक दिने जिल्लास्तरीय अभिमुखीकरण गरेको छ । दैलेखका ११ वटै पालिका, जिल्लास्थित प्रदेश अन्तरगतका विकासे अड्डा र सरोकारवालाहरुलाई अभिमुखीकरण गरिएको हो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी, जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही, दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारु लगायतले विकास आयोजनाहरुको छनौट, बजेट विनियोजन र कार्यान्वय प्रक्रिया व्यवस्थित गर्न दुई वषदेखि सुरु गरिएको योजना बैंक यसमा देखिएका समस्या र समाधानका लागि गरिएका प्रयास बारे प्रकाश पार्नुभयो ।

साउनदेखि मंसिरसम्म प्रदेश अन्तरगतका जिल्ला स्तरीय विकास आयोजनाको माग संकलन गर्ने, माघ १५ गते फागुन १५ गतेभित्र प्रदेश साँसदहरु र पालिका प्रमुख समेतको संयन्त्रले अन्तिम रुप दिएर प्रदेश मन्त्रालयमा पठाउने, प्रदेश मन्त्रालयहरु मार्फत सरकारले कर्णाली प्रदेश योजना आयोगमा पठाई अन्तिम रुप दिन प्रणालीलाई कर्णाली प्रदेश योजना आयोगले योजना बैंक नाम दिएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १९ गते शुक्रबार