
बेच्न खाेजिएकाे पेस्ताेल र लुटेराहरु
काठमाण्डौं – गएको भदौ २४ गते प्रहरी वृत्त स्वयम्भूबाट लुटिएको पेस्तोल सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसार कलंकीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भएर सुन्धारा बस्ने १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर र बाफल बस्ने ३१ वर्षीय विराटप्रसाद जोशी पक्राउ परेका हुन् ।
अनुसन्धानकाे क्रममा लुटिएको हतियार सहित तीन जना पक्राउ परेका हुन् । लागुऔषध मुद्दामा साउन २६ गतेदेखि हिरासतमा रहेका रसिल भदौ २४ गते तोडफोड भएपछि टाइप ५४ को पेस्तोल लिई हिरासतबाट भागेका थिए । यी तीन जना जेन्जी आन्दोलनको नाममा भदौ २४ गतेपछि उपत्यकाका विभिन्न स्थानमा लुटपाटको आतंक मच्चाएका खुलेको छ ।
प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्