दैलेख – महिला अधिकारको सवाललाई संगठित र एकीकृत रुप पैरबी गर्न दैलेखको भैरबी गाउँपालिकामा महिला मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । एईआईएन लक्जेम्वर्गको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा शुक्रबार भैरीकालिकाथुममा अगुवा महिलाहरुका लागि १ दिने क्षमता अभिवृद्धि तालिमका सहभागीहरु मध्येबाट महिला मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो ।
भैरबी गाउँपालिका स्तरीय महिला मानव अधिकार रक्षक सञ्जालको अध्यक्षमा कुसुम बिक, उपाध्यक्ष लक्ष्मीकुमारी बिक, सचिव निशा रिजाल, सहसचिव बसन्ती बिक, कोषाध्यक्ष सुनिता बिक, सदस्यहरुमा बिष्ना खनाल, सम्झना हमाल, तुल्सी कँडेल, बिस्ना शाही, तुल्सी गुरुङ र सम्झना शाही सर्वसम्मतिबाट चुनिनुभएको छ । हरेक महिना १५ गते नियमित बैठक बस्ने, समुदायमा लैंगिक हिंसा रोकथाम सचेतना अभियान सञ्चालन गर्ने सञ्जालको पहिलो बैठकले निर्णय गरेको छ ।
नव गठित सञ्जाललाई भैरबी गाउँपालिकाको उपाध्यक्ष देबी भण्डारीले निडर भएर महिला माथि हुने हिंसा विरुद्ध सशक्त आवाज उठाउन आग्रह गर्नुभनुयो । महिला तथा बालबालिका शाखा प्रमुख निर्मला आचार्यले कामको प्रभावकारिता र कार्ययोजनाको आधारमा आफूहरु सहकार्य गर्न तयार रहेको बचन दिनुभयो । नव गठित सञ्जाल र समूहमा आवद्ध अगुवा महिलाहरुलाई अधिकारकर्मी पत्रकार अमर सुनारले तालिम दिनुभएको आधार परियोजनाका कार्यक्रम संयोजक मेनुका क्षेत्रीले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्