२०८२ मंसिर २५ , बिहीबार (2025 Dec 11, Thursday)

दुर्घटनामा एक युवककाे मृत्यू



सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–१२ चाँदनी चौकमा स्कूल बस र मोटरसाइकल ठोक्किँदा एक जना युवकको मृत्यू भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका वीरेन्द्रनगर नगरपालिका–७ का २३ वर्षीय महेश सापकोटाको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

नेवारे तर्फ गइरहेको सैनिक आवासीय महाविद्यालय मंगलगढीको बा प ०१००४ क ५५७४ नम्बरको बसले भे ८ प ४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १० गते बुधबार