
नहरमा डुबेका बालिकाहरुलाई उद्धार गरिदै ।
धनगढी – कैलालीको जानकी गाउँपालिका–५ पथरैया गुजरुवाको सातविघा नजिकै नहरमा डुबेर दिदीबहिनीसहित तीन जना बालिकाको मृत्यू भएको छ । रानीजमरा सिँचाइ आयोजनाको कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनी सहित तीन जना बालिकाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कैलालीका इञ्चार्ज एसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
टीकापुर नगरपालिका–१ का जुम्ल्याह दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं र जानकी गाउँपालिका–५ गुजरुवाकी सुलोचना तिमिल्सैनाको नहरमा नुहाउने क्रममा डुबेर मृत्यू भएको हो । निशा र मानुषी टीकापुरको जनजागृति मावि सीतापुरमा कक्षा ५ मा र सुलोचना जानकी गाउँपालिका–१ मा रहेको सरस्वती मावि दुर्गौलीमा कक्षा ४ मा अध्ययनरत थिए ।
प्रकाशित मिति : २०८२ कात्तिक ७ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्