दैलेख – नेपाली साहित्यका मुर्धन्य व्यक्ति महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्ती दैलेखमा पनि मनाइएको छ । दैलेख सदरमुकामको देवकोटाचोकस्थित देवकोटाको शालिकमा साेमबार पुष्पगुच्छा अर्पण र कविता वाचन गरेर लक्ष्मी जयन्ती मनाइएको छ । कला साहित्य प्रतिष्ठान दैलेखको आयोजनामा उक्त कार्यक्रमा गरिएको हो ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देशका लागि योगदान गरेका कारण देवकोटा महाकविको सम्मान पाएका बताउनुभयो । नेपाली साहित्यलाई अन्तरराष्ट्रिय जगत चिनाउने सुरुवात गरेका देवकोटाप्रति समर्पण गर्दै प्रमुख जिल्ला अधिकारी गैह्रेले आफैले रचना गरेको अनौठो सपना कविता वाचन समेत गर्नुभएको थियो ।
कार्यक्रममा नागरिक समाजका अगुवा अधिवक्ता खड्गबहादुर सिजापतिले साहित्यकारहरु सच्चा देशभक्त र परिवर्तनका वाहक भएको बताउनुभयो । कला साहित्य प्रतिष्ठान दैलेखका अध्यक्ष कृष्ण देवकोटाले महाकविका कविताहरु र गजलकार बबिता बिष्टले पनि आफ्नो रचना वाचन गर्नुभएको थियो ।
विसं १९६६ साल कात्तिकको औंशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साईलो छोराको रुपमा जन्मिनु भएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गर्नुभएको थियो । ‘भिखारी’ कविता संग्रह, ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्य लगायतका कृति उहाँका चर्चित साहित्य सिर्जना मानिन्छन् ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवातकर्ता देवकोटा राणा शासनकालमा पटक पटक जेल पर्नुभएको जेल पर्नुभएको थियो । २०१५ सालमा शिक्षा मन्त्री देवकोटाकाे २०१६ भदौ २९ गते ५० वर्षको उमेरमा देहवसान भएको थियो ।










प्रतिक्रिया दिनुहोस्