२०८३ वैशाख १७ , बिहीबार (2026 May 1, Friday)

अनलाइनबाट नागरिकता सिफारिस कार्यान्वयन गराउन प्रशासनकाे आग्रह



दैलेख – जिल्ला प्रशासन कार्यालय दैलेखले अनलाइनबाट नागरिकता सिफारिस गर्ने प्रणालीको व्यवस्था गरी छिटो कार्यान्वयन गराउन दैलेखका पालिकाहरुलाई अनुरोध गरेको छ । हिजो बुधबार एक सार्वजनिक अपिल गर्दै दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले वडासचिवहरुलाई आधारभूत तालिम दिई कार्यान्वयन गराउन आग्रह गर्नुभएको छ ।

असोज २७ गते जिल्ला सदरमुकामा नारायण नगरपालिकाका ११ वटै वडासचिव समेत र अरु पालिकाका सूचना प्रविधि अधिकृतहरुलाई प्रयोगात्मक अभ्यास गराइसकिएकोले कात्तिक पहिलो सातादेखि नारायण नगरपालिका र कात्तिक १५ गतेदेखि अनलाइनबाट नागरिकता सिफारिस गर्ने प्रणालीको कार्यान्वयन गर्न पालिकाहरुले प्रतिवद्धता जनाइकएको थियो ।

अनलाइनबाट सिफारिस गरिंदा नागरिकता वितरणमा छिटो छरितो हुने, हातले लेखी पठाएको जस्तो त्रुटी नहुने भएको, सूचना प्रणाली पनि व्यवस्थित हुने भएकोले गृह मन्त्रालयको राष्ट्रिय पञ्जीकरण विभागले नागरिकता सिफारिस गर्ने प्रणालीलाई ‘केन्द्रीकृत नागरिक सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस)’ प्रणालीमा लिने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहीबार