२०८२ असोज १५ , बुधबार (2025 Oct 2, Thursday)

माेटरसाइकल दुर्घटनामा एककाे मृत्यू



दैलेख – कर्णाली राजमार्ग खण्डकाे पाल्तडामा सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको माेटरसाइकलले ट्रकलाई ओभरट्याक गर्न लाग्दा बुधबार दिउँसो भएको दुर्घटनामा माेटरसाइकलमा सवार एक जनाकाे मृत्यू भएको छ ।

कर्णाली प्रदेश ०२-००१ ख ०२७५ नम्बरको मिनि ट्रकलाई ओभरट्याक गरी जान लाग्दा कर्णाली प्रदेश ३ ०२-००६ प ८५६६ नम्बबरकाे माेटरसाइकलकाे पछिल्लो सिटमा बसेका कालिकोट खाडाचक्र नगरपालिका-११ का १८ वर्षका एडमन शाहीको मृत्यू भएको प्रहरीले जनाएको छ ।

ओभरट्याक गरे क्रस गर्दा माेटरसाइकलमा सवार शाही ट्रकमा छाेइएर सडकमा बजारिएर टाउकोमा गम्भीर चाेट लागेकाेमा उपचारको लागि सुर्खेत तर्फ लैजादै गर्दा बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले बताउनुभयो ।

दाङकाे तुल्सीपुर उपमहानगरपालिका-१८ बस्ने ४८ वर्षीय ट्रक चालक बालाराम खड्का र कालिकोटकाे खाडाचक्र नगरपालिका-११ का  माेटरसाइकल चालक २३ वर्षीय विपिन भारतीलाई प्रहरीले नियन्त्रणमा राखेकाे छ ।

मृतककाे शव पाेष्टमार्टम कर्णाली प्रदेश अस्पतालमा भएको र घटनाको अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ । घटनास्थल दैलेख जिल्लामा रहेकाेले कानूनी प्रक्रिया चल्ने बताइएको छ ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार