२०८२ असोज १७ , शुक्रबार (2025 Oct 3, Friday)

अरिंगाल र सर्पले टोकेर दुई बालिका घाइते



प्रतिमा थापा र यमुना सुनार

दैलेख –  दुई छुट्टाछुट्टै घटनामा विद्यालय जान हिंडेका दुई बालिकाहरु अरिंगाल र सर्पको टोकाईबाट घाइते दैलेख अस्पतालमा उपचार गराइरहेका छन् । डुंगेश्वर गाउँपालिका-२ लाँकुरीकाे उमकी ८ वर्षीया प्रतिमा थापालाई अरिंगाल र नारायण नगरपालिका-११ बिन्ध्यवासिनीकी ११ वर्षीया यमुना सुनार सर्पले टोकाईबाट घाइते हुनुभएको हो ।

डुंगेश्वर गाउँपालिका-२ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय उममा ३ कक्षामा पढ्ने प्रतिमालाई विद्यालय जान हिंडिरहेको बेला टाउरी भन्ने ठाउँमा साथीहरुले जिस्काएको अरिंगालले टोकेको दिदी लीला थापाले बताउनुभयो । त्यस्तै कक्षा ६ मा अध्ययनरत यमुनालाई बिन्ध्यवासिनीकाे रैनादेवी मावि टाटामाखु जाँदै गर्दा बाजकाटियाँ नजिक सर्पले हातमा टोकेको बताइएको छ ।

घटनाको लगतै सोमबार दैलेख अस्पताल पुर्‍याइएका बालिकाहरुको उपचार यही भइरहेको अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालका इञ्चार्ज डा. मनोज बिश्वकर्माले जानकारी दिनुभयो । सर्प दंश बढेकोले राति वा अध्यारो ठाउँमा काम गर्दा वा हिंड्दा टर्चलाइटले उज्यालो पारेर काम गर्न डा. बिश्वकर्माको सुझाव छ । अरिंगाल नजिस्काउन पनि उहाँको आग्रह छ ।

प्रकाशित मिति : २०८२ भदौ १७ गते मंगलबार