
काठमाण्डौं – २१ वर्षअघि २०६१ भदौ १६ गतेको सडक प्रदर्शन नेपालमा भएका भयानक ठूला घटना मध्येको एक हो । मजदूरीका लागि इराक पुगेका १२ जना नेपालीलाई त्यहाँको आतंककारी समूह अन्सर अल सुन्नाले हत्या गरेको एउटा भिडियो इन्टरनेटमा राखिएको थियो । त्यही भिडियो सर्वजनिक भएसँगै उद्वेलित भएको थियो ।
नेपालका मुस्लिम मेनपावर कम्पनी मार्फत इराक पुगेका ती १२ नेपालीहरुलाई हिन्दू भएकै कारण भदौ ५ गते आतंककारी समूहले अपहरण गरी भदौ १२ गते एकएक गरी १२ छप्पाछप्प खुकुरीले गिडेको भिडियो भदौ १५ गते सार्वजनिक भएपछि भदौ १६ गते मुस्लिमहरुले चलाएको मेनपावर कम्पनी, व्यापारिक संस्था र नेपालभर मुस्लिमका मस्जिद आक्रमणको निसानामा परेका थिए ।
मेनपावर, मिडिया र मस्जिद मुख्य निसानामा पारेकोले ‘तीन म’ नाम दिएका थिए । आक्रमणकारीहरुले तीनकुनेमा कान्तिपुर र शान्तिनगरस्थित स्पेसटाइम्सका कार्यालयमा आक्रमण भयो । आक्रमणकारीले आगजनी, तोडफोड र लुटपात हुन थालेपछि सरकारले कफ्र्यू लगाएर सेना परिचालन गरेपछि मात्र नियन्त्रणमा आएको थियो ।
ग्रामीण क्षेत्रमा माओवादीले आधार इलाका घोषणा गरेको, राजा ज्ञानेन्द्रको प्रतिगमन सच्चिएको भनेका शेरबहादुर देउवाको तेतृत्वमा प्रमुख दलहरु काँग्रेस र एमालेले सत्ता सञ्चालनमा पक्षपाती कार्यशैलीप्रति अहिलेकै जस्तो आक्रोस भएकोले नागरिकहरुले निरासा प्रकट गरेको रुपमा त्यो घटनालाई लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्