२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

राजमाेद्वारा भ्रष्टाचार विरुद्ध काेणसभा



दैलेख – राष्ट्रिय जनमाेर्चा जिल्ला कमिटी दैलेखले भ्रष्टाचार विरुद्ध चेतावनी काेणसभा कार्यक्रम गरेकाे छ । राज्यकोषबाट राजनीतिक नेतृत्व र कर्मचारीले दाेहन गरी भ्रष्टाचार गरिरहेको वक्ताहरुले टिप्पणी गर्नुभएको थियाे ।

राष्ट्रिय जनमाेर्चाका कर्णाली प्रदेशका सदस्य एवम् जिल्ला कमिटी दैलेखका कार्यवाहक अध्यक्ष नरबहादुर सिंह, जिल्ला कमिटी सदस्यहरु मानबहादुर चन्द, कमल बरै मगर, भगिराम न्याैपाने समेतकाे सहभागिता थियाे ।

वक्ताहरुले संघीय संरचनाले देशकाे प्रशासनिक खर्च बढेेकाे, यसकाे व्ययभारले देशकाे भाैतिक विकासमा क्षति भएको, भ्रष्टाचार पनि संघीय संरचनापछि बढावा पाएकाे जनाउदै भ्रष्टाचार नियन्त्रण निकायहरुलाई जिम्मेवार बनाइनुपर्ने काेणसभामा सवाल उठाइएको थियाे ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार