२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

बलात्कार घटना बढेकोप्रति चिन्ता



दैलेख – गैसस महासंघ र दैलेखका नागरिक समाजले जिल्लामा पछिल्लो समय बढ्दै गरेको बलात्कार घटनाहरु रोकथाममा राज्यका निकाय र समुदायको समेत अग्रसताको निम्ति आग्रह गरेको छ । आज एक सार्वजनिक अपिल जारी गर्दै बलात्कार रोकथामले समाजमा शान्ति सुरक्षा प्रवद्र्धनमा सघाउन आग्रह गरिएको छ ।

गैसस महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्द्र, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार लगायतका नागरिक समाज अगुवाहरुले दैलेखका प्रहरी इञ्चार्ज गणेशबहादुर बराललाई भेटी बलात्कार घटनाका सबैजसो आरोपितहरु पक्रन सफल भएकोमा धन्यवाद दिंदै नागरिक समाजको सहयोग रहने बचन दियो ।

साउन महिना लागेपछि मात्र दैलेखका विभिन्न गाउँठाउँमा ५ वटा बलात्कार घटनाका पीडितले प्रहरी उजुरी दिएको, ती मध्ये ४ जना बालिका भएका र ती ४ बालिका मध्ये ३ जनाले १६ भन्दा कम उमेरमा बलात्कृत भई बच्चा जन्माएको घटनाहरु रहेका छन् । यो विकराल समस्या बारे सरोकारवालासंग बृहत छलफल गर्ने दैलेखको नागरिक समाजले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार