
आज सिङ्गापुर मलेसियासँग अलग भएको दिन, सन् १९६५ अगस्ट ९ मा अलगिएको थियो । सन् १९६३ मा सिङ्गापुरले मलेसिया सन्धीबाट मलेसिया महासंघसँग जोडिएको दुई वर्षमै महासंघका अन्य सदस्य र सिङ्गापुरका नेताहरुसँगै असम्झदारी उत्पन्न भएको थियो ।
मलेसिया संसदले सो असम्झदारीसँगै सिङ्गापुरलाई महासंघबाट निकाल्ने निर्णय गरेको थियो । अगस्ट ९ मा प्रधानमन्त्री ली कुवान यूको नेतृत्वमा सिङ्गापुर पूर्ण रुपमा स्वतन्त्र भएको थियो ।
भारतमा इस्ट इण्डिया कम्पनीविरुद्ध ‘भारत छोडो’ अभियानको सुरुवात भएको दिन पनि हो । सन् १९४२ अगस्ट ९ मा मोहनदास करमचन्द गान्धी अर्थात महात्मा गान्धीको नेतृत्वमा बेलायत कोलोनीविरुद्ध नागरिक अवज्ञ आन्दोलनको थालनी भएको थियो ।
मुम्बईको गोवालिया टयाङ्क मैदानमा गान्धीले शान्तीपूर्ण विरोधको आव्हान गरेका थिए। ‘गर वा मर’ नामक एक भाषणमा गान्धीले उनको समर्थकहरूलाई ब्रिटिससँग अन्तरक्रिया गर्दा अहिंसालाई अपनाउन आग्रह गरेका थिए । यसको सुरुवातसँगै बेलायती शासकहरूले कङ्ग्रेस पार्टीको नेतृत्वलगायत गान्धीलाई पनि कैद गरिएको थियो ।
सन् १६०८ देखि व्यापारी उद्देश्यले प्रवेश पाए पनि सन् १८५८ देखि इस्ट इन्डिया कम्पनीले ८४ वर्ष भारतमाथि शासन सुरु गरेको थियो । सन् १९४२ अगस्ट ९ मा घोषित भारत स्वतन्त्रता संग्राम ५ वर्ष चलेको थियो, सन् १९४७ अगस्त १५ तारिकका दिन भारत बेलायती उपनिवेशबाट मुक्त भएको थियो ।
प्रतिक्रिया दिनुहोस्