
तत्कालिन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र युद्धको क्रममा पछिल्लो धेरै मानवीय क्षति भएको भिडन्तको रुपमा लिइन्छ पिली घटना । कालिकोटको पिलीमा रहेको तत्कालिन शाही नेपाली सेना र माओवादी लडाकु बीच २०६२ साउन २३ गते उक्त भिडन्त भएको थियो ।
पिलीलाई भिडन्तमा १०३ जनाको ज्यान गएको थियो । आक्रमण नेपाली सेनाका ७५ जना र माओवादी २८ जना माओवादी लडाकु मारिएका थिए । त्यो भिडन्तमा दुवै पक्षका कमान्डर समेतको ज्यान गएको थियो । पिली घटनापछि ठूला आक्रमणका घटना भएका थिएनन् ।
२०५८ जेठ १९ मा दरबार हत्या काण्डमा राजा बीरेन्द्रको वंश नास भएपछि राजा बनेका ज्ञानेन्द्रले गरेको दल माथिको हस्तक्षेप विरुद्ध संघर्षरत काँग्रेस, एमाले लगायतका सात दलहरुसंग २०६२ मंसिर ७ गते दिल्लीमा भएको सहमतिपछि माओवादी समेत सहभागी भएर तेश्रो जनआन्दोलन गरेका थिए ।
प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्