२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

आज साउन १४, विदेशी मुद्राको विनिमय दर



काठमाण्डौं – आज साउन १४ गते, नेपाल राष्ट्र बैंकले आजको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद दर १३८ रुपियाँ ६१ पैंसा र बिक्री दर १३९ रुपियाँ २१ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ३३ र बिक्री दर ९ रुपियाँ ३७ तोकिएको छ ।

यसैगरी युरोपियन यूरो खरिद १६० रुपियाँ २८ पैंसा र बिक्री दर १६० रुपियाँ ९८ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।

नेपाल राष्ट्र बैंक अनुसार साउदी अरब रियल खरिद दर ३६ रुपियाँ ९५ पैंसा र बिक्री दर ३७ रुपियाँ ११ पैंसा, कतारको रियल खरिद ३८ रुपियाँ ३ पैंसा र बिक्री दर ३८ रुपियाँ १९ पैंसा अनि कुबेती दिनार खरिद दर ४५३ रुपियाँ ७० पैंसा र बिक्री दर ४५५ रुपियाँ ६६ पैंसा तोकिएको छ ।

प्रकाशित मिति : २०८२ साउन १४ गते बुधबार