
गाजा – युद्धग्रस्त क्षेत्रमा गाजामा भोकमरीबाट प्रभावितहरुलाई बचाउन जोर्डन र यूएईले गाजामा विमानहरूबाट खाद्य सामग्रीहरू खसाल्ने काम (एयर ड्रप) गरेका छन् । इजरायलले नयाँ मानवीय सहायता स्वरुप गाजामा विमानहरूबाट खाद्य सामग्रीहरू खसालेका हुन् ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले सहायता एजेन्सीहरूले गाजापट्टीमा कुपोषण फैलिरहेको चेतावनी दिएपछि सहायता मार्गहरू स्थापना भइरहेको बताएको छ । जोर्डनले ६० ट्रक आवश्यक खाद्य सामग्री पनि पठाइरहेको देशको सरकारी समाचार एजेन्सीले जनाएको छ ।
इजिप्टले पनि स्थलमार्गबाट थप सहायता पु¥याइरहेको बताएको छ । गाजाका करिब २० लाख जनसंख्यालाई एक छाक खाना प्रदान गर्न मात्रै दिनमा करिब १६० हवाई ड्रप उडानहरू आवश्यक पर्ने बीबीसीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार
प्रतिक्रिया दिनुहोस्