२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

तल्लाेडुंगेश्वरमा फाेर्स गाडी दुर्घटना



दैलेख – सुर्खेतदेखि जुम्ला जाँदै गरेका फाेर्स गाडी दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फाेर्स गाडी दैलेखकाे दुल्लू नगरपालिका-१ तल्लाेडुंगेश्वर नजिक दुर्घटना भएको  दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयाे ।

गाडीमा सवार १९ मध्ये १२ जना घाइते भएका र घाइते मध्ये गम्भीर घाइते ५ जनालाई थप उपचारको लागि सुर्खेत पठाइएको डीएसपी बरालले बताउनुभयाे । उकालोमा यात्रु चढाउन लाग्दा गाडी व्याक गएर सडकबाट करिव १५ मीटर तल खाेल्सामा खसेकाे स्थानीयले बताएका छन् ।

दुर्घटना लगत्तै चालक फरार भएको र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका घाइतेहरुकाे नामावली आउन बाँकी छ । त्याे क्षेत्रमा माेवाइल नेटवर्क टिप्न सकेकाे छैन ।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार