२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

काठमाण्डौं जान उडेको हेलिकप्टर दैलेखमा अवतरण



दैलेख – हुम्लाबाट बिरामी बोकेर उडिरहेको हेलिकप्टर मौसम प्रतिकुलताले दैलेखको तल्लो डुंगेश्वरमा अबतरण गरेको छ ।

प्रभु हेलिकप्टर 9N-ANL कल साइनको हेलिकप्टर दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुंगेश्वरमा अबतरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।

हुम्लाको हिल्साबाट काठमाण्डौंका लागि विरामी लिएर उडिरहेको हेलिकप्टर बाक्लाे कुहिराेले अगाडिको बाटो देख्न ज्यादै गाह्रो भएकोले आकस्मिक अवतरण गरिएको प्रभु हेलिकप्टरका प्रवक्ता नोवेलकुमार राजलवटले पहरेदारलाई बताउनुभयो ।

‘दिउँसो २ः३० बजेतिर दैलेखको तल्लो डुंगेश्वरमा अबतरण गरेको हेलिकप्टर मौसम खुल्न नसकेको कारण अझैं उडेको छैन । टाउकोमा चोट लागेको विरामी हुनुहुन्छ, मौसम खुलेपछि उड्ने यात्रुहरुको समेत सहमति छ’ प्रवक्ता राजलवटले भन्नुभयाे ।

हेलिकप्टरमा चालक बेलायती नागरिक बार्डल्देबीर समेत दुई जना चालक दलका सदस्य, एक जना विरामी र दुई आफन्त सहित ५ जना यात्रारत छन् ।

प्रकाशित मिति : २०८२ असार २१ गते शनिबार