२०८३ भदौ २६ , शुक्रबार (2026 Sep 11, Friday)

मलामी गएका बालक खोलामा डुबेर मृत्यू



दैलेख – मलामी गएका बेला पौडी खेल्दै गर्दा पानीमा डुबेर दैलेखमा एक बालकको मृत्यू भएको छ । गुराँस गाउँपालिका–४ रिठा गाउँका ११ वर्षीय बालक कमल खड्काको लोहोरे खोला रातिखोला घाटमा पौडी खेल्दै गर्दा डुबेर बेहोस भएकामा उपचारका लागि दैलेख अस्पतालमा पु¥याइएको थियो ।

पौडी खेलेको ठाउँमा डुबेको थाहा पाएर स्थानीयले उद्धार गरेका र प्रहरी समेतको सहयोगमा दैलेख अस्पतालमा पु¥याई सकेपछि चिकित्सकले बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

गुराँस गाउँपालिका–४ मैलारीकी एक गृहिणी महिला ४१ वर्षीया टीका बीसी घाँस काट्दै गर्दा आफ्नै बारीको खनियाको रुखबाट खसेर घटनास्थलमै शनिबार विहान मृत्यू भएकी उनै मृतकको मलामी गएको बेला बालकले पौडी खेल्न लाग्दा मृत्यू भएको हो ।

प्रकाशित मिति : २०८२ जेठ ३१ गते शनिबार