
दैलेख – विश्व वातावरण दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ जेठ २२ गते दुल्लूमा वृक्षारोपण गरेको छ । इन्सेकको मानव अधिकार शिक्षा परियोजना अन्तरगत परियोजना क्षेत्रमा जनचेतना अभिबृद्धि गर्न दुल्लू नगरपालिका–५ अस्पताल हातामा वृक्षारोपण गरिएको इन्सेकका जिल्ला सहजकर्ता कलम नेपालीले जानकारी दिनुभयो ।
बकाइनो, पैयौं, गुलाव, टिमुर, अम्लिसो लगायतका २८ वटा विरुवा लगाइएको थियो । वृक्षारोपण कार्याक्रममा दुल्लू नगरपालिकाका उपप्रमुख बिना कार्की, मानव अधिकार समितिका पदाधिकारी र सर्वसाधारणका सहभागिता थियो । हरेक वर्ष जुन ५ दिन विश्व वातावरण दिवस मनाइन्छ ।
प्रकाशित मिति : २०८२ जेठ २३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्