पाल्पा – प्राकृतिक फूलमाला प्रोत्साहित गर्न रामपुर नगरपालिले प्लाष्टिकका फूलमालामा रोक लगाएको छ । किसानले उत्पादन गरेको फूल र माला बेच्न सजिलोका लागी बाहिरबाट आउने प्लास्टिकका मालालाई रोक लगाएको रामपुर नगरपालिका मेयर रमणबहादुर थापाले जनाएको छ । प्राकृतिक फूलमालाको प्रयोग गर्न मेयर थापाले बताउनु बताउनुभयाे ।
वातावरण प्रदुषण गराउने जोखिम भएकोले प्लास्टिकका फूलमाला रोक लगाएको र अनुगमनका क्रममा प्लास्टिकजन्य फूल र माला भेटिएमा कानुनी व्यवस्था अनुसार कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले बताउनुभएको छ ।
प्रकाशित मिति : २०८१ असोज २८ गते सोमबार
प्रतिक्रिया दिनुहोस्