२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

भैरबीमा किशोरी आत्मरक्षा तालिम



दैलेख – भैरबी गाउँपालिकाले किशोरी आत्मरक्षा सम्वन्धी ३ दिने तालिम सुरु गरेको छ । तालिमको उद्घाटन गर्दै भैरबी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमल तिमिल्सेनाले किशोरीहरुको सुरक्षा बारे समाजमा सचेतना जरुरी रहेको बताउनुभयो । तालिममा ७ वटै वडाका बालबालिका र फाेकलपर्सन शिक्षकहरूकाे सभागिता छ ।

यौनजन्य दुव्र्यवहारबाट जोगिने ज्ञान र सीप प्रदान गर्न तालिम सञ्चालन गरिएको भैरबी गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख निर्मला आचार्यले जानकारी दिनुभयो । पत्रकार अमर सुनार, युवा अभियन्ता सुनिता सोनी र प्रतिमा थापाले उक्त तालिम सहजीकरण गरिरहनुभएको छ ।

प्रकाशित मिति : २०८२ जेठ १४ गते बुधबार