
रावलपिण्डी – भारत–पाकिस्तानबिच ठुलो लडाइँको सम्भावना टरेको छ । अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तानले युद्धविराममा सहमति गरेपछि दुई देशबिच पूर्ण युद्धको खतरा तत्कालका लागि अन्त्य भएको हो ।
पाकिस्तानी विदेशमन्त्रालयले एक वक्तव्य जारी गर्दै शनिबार साँझ ५ बजेदेखि लागु हुने गरी दुवैतर्फबाट कुनै पनि प्रकारको आक्रमण प्रत्याक्रमण नगर्ने सहमति भएको जानकारी दिएको छ ।
वक्तव्यमा भनिएको छ, ‘पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले आज (शनिबार) अपराह्न १५ः३० बजे भारतका सैन्य अपरेसन महानिर्देशकसँग टेलिफोन वार्ता गर्नुभयो । दुवै पक्ष भारतीय मानक समय १७ः०० बजेदेखि जमिन, हवाई तथा समुद्र सबैतर्फको गोलाबारी र सैन्य कारबाही बन्द गर्न सहमत भएका छन् ।’
सहमतिलाई प्रभावकारी बनाउन दुवै पक्षका सैनिकलाई निर्देशन दिइएको पाकिस्तानी विदेशमन्त्रालयले स्पष्ट पारेको छ ।
प्रकाशित मिति : २०८२ वैशाख २७ गते शनिबार
प्रतिक्रिया दिनुहोस्