२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)

गुरागाईं निर्वाधरूपमा कार्यालयको काममा



काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं शुक्रबार निर्वाधरूपमा कार्यालयको काम थाल्नुभएको छ । कार्यालय समयमै कुनै अवरोधबिना कार्यालय प्रवेश गर्नुभएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो ।

शुक्रबार विहानैदेखि प्रशासनको काम चलिरहेको छ, सोमबारसम्म सबै कर्मचारीको खातामा तलब पठाउने तयारी भएको उहाँको भनाइ छ । कर्मचारीको खातामा तलब पठाउनसंगै तीन महिनादेखि थन्किएका फाइल खोल्न थालिएको प्रवक्ता मानन्धर बताउनु भयो ।

महानगर मेयर बालेन शाहले आर्थिक अनियमितताको आरोपमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर हुन रोक लगाएपछि तीन महिनादेखि कार्यालयको काम प्रभावित हुदै अएकोमा बिहीबार उपमेयर सुनिता डंगोलले हाजिर गराउन सुरु गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ चैत २२ गते शुक्रबार