२०८२ असोज १७ , शुक्रबार (2025 Oct 3, Friday)

आज पहाडी क्षेत्रमा होली मनाइँदै



काठमाण्डौं – तराईमा भोली मनाइने होली पर्व पहाडी क्षेत्रमा आज मनाइँदैछ । आपसी मेलमिलाप र सदभाव बाँड्ने फागुमा एकआपसमा रङ्ग र लोला खेली मनाउने गरिन्छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग विश्वास सहित सत्यको विजयको प्रतीकको रुपमा यो पर्वलाई लिइन्छ ।

आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरूवात भएको मानिन्छ । केही वर्षदेखि रङ्गको पर्व होली सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ्ग र लोला हान्ने क्रम बन्द भएको छ । प्रहरीले होलीलाई सभ्य तरिकाले मनाउन आग्रह गरेको छ । होहल्ला नगरी, जाँडरक्सी तथा लागूपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध छ ।

प्रकाशित मिति : २०८१ फागुन २९ गते बिहीबार