
काठमाण्डौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हिउँद सकिने बेला वर्षा भएको छ । शुक्रबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा जताततै जस्तो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका प्रवक्ता विभूती पोखरेलले पहरेदारलाई बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइहेको महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र शनिबारदेखि मौसम सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै स्थानहरूमा र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बताइएको छ । मंसिर १६ देखि फागुन १५ सम्मको समयलाई हिउँदै याम भनिए पनि यो हिउँदमा पानी परेको थिएन ।
प्रतिक्रिया दिनुहोस्