
दैलेख – जिल्ला प्रशासन कार्यालयले दैलेख जिल्लाभित्र चल्ने यातायातका साधनहरुमा निश्चित मापदण्ड सहित भाडा दर कायम गर्न लागिएको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीको अग्रसरता सोमबार भएको बैठकले कालोपत्रेमा १० र कच्चीमा १५ रुपैंयाँ प्रति किलोमीटर कायम गर्ने निर्णय गरेको हो ।
कालोपत्रे भएका सडकमा १० रुपैंँया प्रति किलोमीटर र ग्राभेले सडकमा १५ रुपैँयाँ प्रति किलोमीटर प्रति किलोमीटर दरले भाडा कायम गर्ने यातायात व्यवसायी र सरोकारवालाको उपस्थितिमा निर्णएको छ । सडकको दूरी र सडकका अवस्गा जानकारी गराउन पालिकाहरुले समय तोक्ने बताइएको छ । याे निर्णयले अाधा जति भाडा घट्ने अनुमान छ ।
प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार
प्रतिक्रिया दिनुहोस्