२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)

किशोर र वयस्कबीच अन्तरसम्वाद



दैलेख – नारायण नगरपालिका-६ भूर्तीमा किशोर र वयस्कबीच अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । अन्तरगत आवाज सस्था अन्तर्गत सकारात्मक लैंङ्गिक मापदण्डहरुको प्रवद्र्धन, लैंङ्गिक हिंसाको रोकथाम र यसका सेवाहरुको पहुँच अभिवृद्धि सम्बन्धी काम गरिरहेकाे सशक्त महिला समृद्ध नेपाल परियोजनाको आयोजनामा कार्यक्रम भएकाे हाे ।

नारायण नगरपालिकाका  शिक्षा यूवा तथा खेलकुद विकास शाखाका सहजकर्ता कर्णवहादुर खत्रीले दुई वटा उमेर समूहका व्यक्तिहरुलाई एकैठाउमा राखेर अन्तर सम्वाद गर्दा समाजमा हुने जुनसुकै हिंसा न्युनीकरणमा सहयोग पुग्ने ध्येयले अन्तरसम्वाद गरिएको बताउनुभयो । अन्तरसम्वादले अनुभव अादानप्रदान भएकाे उहाँले सुनाउनुभयाे ।

नारायण नगरपालिका-६ का वडा सदस्य कृष्णप्रसाद सुवेदीले समाजमा हुने हिंसा वा हानिकारक अभ्यासलाई रोक्ने र सकारात्मक भावनाको विकास गराउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा सहभागीहरुले समाज परिवर्तनका हिंसा अन्त्यका लागि प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा ५ महिला सहित ५६ जनाको सहभागिता थियो ।

प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार