२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)

वन डढेलो नियन्त्रण सचेतना कार्यक्रम



दैलेख – डिभिजन वन कार्यालय दैलेखले वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । वनजंगलमा आगलागी हुन सक्ने अवस्था र आगलागीबाट जोगाउने उपाय बारे सचेतनामूलक प्लेकार्ड, व्यानर र नारा सहित ¥याली गरी सचेतनामूलक कार्यक्रम गरिएको हो ।

सुख्खा समयमा असावधानीले वनमा आगलागी, डढेलो जस्ता समस्या देखिने भएकोले वन सम्पदाको जगेर्ना गर्न वनमा हुने आगलागी नियन्त्रण गर्न समुदायसम्म सचेतना जगाउन वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम गरिएको डिभिजनल वन अधिकृत राधाकृष्ण दासले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८१ फागुन ७ गते बुधबार