२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

जन्मसिद्ध नागरिकता : राष्ट्रपति ट्रम्पको आदेश अदालतले रोक्यो



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

वासिंगटन – जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अमेरिकी न्यायालयले अस्थायी रुपमा रोक लगाएको छ । न्यायाधीशले यो आदेश पूर्ण रुपमा असंवैधानिक रहेको भन्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएका बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको शुरूआत गर्दै ट्रम्पले आफ्नो प्रशासनले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिका जन्मेका बच्चाहरूलाई अमेरिकी नागरिकका रूपमा मान्यता दिन बन्द गर्ने घोषणा गर्नुभएको थियो । तर यस विषयमा ट्रम्प प्रशासनले कानूनी चुनौतीको सामना गर्नुपर्ने देखिएको खबरमा उल्लेख छ ।

यसैबीच ट्रम्पले आप्रवासन कारबाहीअन्तर्गत सीमामा एक हजार पाँच सय सैनिकलाई प्रतिबन्ध लगाउने आदेश दिनुभएको छ भने दश हजार सैनिक तैनाथ गर्ने तयारीसमेत गर्नुभएको छ । (साैजन्य एपी)

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रबार