२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

बास नेपाल जिल्ला अध्यक्षमा अधिकारी चयन



दैलेख – सुशासन र पारदर्शिताको सवालमा पैरवी गर्दै आएको बागेश्वरी असल शासन (बास) नेपाल दैलेख शाखाको शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको अध्यक्ष कृष्णकमल अधिकारी, उपाध्यक्षमा गीताकुमारी खत्री, सचिव ललित थापा, सहसचिव जंग बोगटी र कोषाध्यक्ष पदमा प्रकाश विक्रम शाही चयन हुनुभएको छ । सदस्यहरूमा संगिता शाही, सुशील कार्की, गणेश प्रसाद शर्मा, सुहाना घर्तीमगर, गोबिन्द प्रसाद रेग्मी र हेमराज न्यौपाने चुनिनुभएको छ ।

भ्रष्टाचार न्युनिकरणको मुद्दा उठान गर्ने उद्देश्यकासाथ बास नेपाल २०५७ मंसिर २४ मा नेपालगञ्जमा स्थापना भएको र दैलेख शाखा २०७९ पौष १२ मा पुनर्गठित भएको थियो । गत दुई वर्षमा दैलेख शाखाले सुशासन, जवाफदेहिता र केही रचनात्मक समेत गरी २१ वटा विभिन्न क्रिकलापहरु स्थानीय सरकार र सरोकारवालाहरुसँग मिलेर सम्पन्न गरेको थियो । कला र संस्कृतिको जगेर्नामा अग्रसर हुँदै, दैलेख शाखाले ७७ जिल्लामध्ये उत्कृष्ट शाखाको सम्मान प्राप्त गरेको थियो ।

अध्यक्ष कृष्णकमल अधिकारी व्यवसायिक पत्रकारिता, सहसचिव जंग बोगटी साहित्य क्षेत्र जस्तै सामाजिक भूमिकामा क्रियाशील रहेका युवाहरु बास नेपालमा संगठित हुनुभएको छ । पूर्व अध्यक्ष हिक्मत बुढाको अध्यक्षतामा भएको अधिवेशनमा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्द, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, बास नेपालका पूर्व केन्द्रीय अध्यक्ष मन भण्डारी लगायतले बास नेपालको अभियानलाई सघाउन सहकार्य गर्ने वचन दिनुभएको थियो

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतबार