२०८१ पुस ७ , आइतबार (2024 Dec 22, Sunday)

साझा व्यक्ति बनेर काम गर्न आग्रह



दैलेख – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतका सल्लाहकार टिकाराम चपाईँले पत्रकारहरुले साझा भएर काम गर्न सुझाव दिनुभएको छ । प्रतिष्ठानले नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश समिति पदाधिकारी र जिल्ला शाखाका उपलब्ध अध्यक्षहरुसंगको भेट कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

एकैसाथ केन्द्र, प्रदेश र जिल्ला नेतृत्व चयन गर्ने प्रत्यक्ष निर्वाचन पद्धति बसालेको नेपाल पत्रकार महासंघको निर्वाचनले स्वच्छ प्रतिस्पर्धा गरेको भन्दै निर्वाचन प्रणालीको प्रशंसा गनुभयो । निर्वाचनपछि विजेताहरुले साझ व्यक्ति भएर कायम गर्न सल्लाहकार सदस्य चपाइँले सुझाव दिनभयो ।

त्यसबखत कलाकार प्रेमदेब गिरीले कलाकार, पत्रकार र साहित्यकारले स्वयमसेवी रुपमा देश विकासमा पु¥याएको योगदानको राज्यबाट कदर नभएको बताउनुभयो । भिन्नभिन्न तरिकाले समाजमा चेतना र सामाजिक परिवर्तनका लागि जुटेकाहरु एकाकार भएर काम गर्नेुपर्ने उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्माले पत्रकार र कलाकारहरुका समस्या एकै प्रकारका भएकोले साझा समस्या सुल्झाउन सहकार्य गर्न आग्रह गर्नुभयो । महासंघका दैलेख अध्यक्ष अमर सुनारले महासंघको कार्यालय सञ्चालन गर्न डेकेन्द्र स्मृति भवन निर्माणमा सबै क्षेत्रको सहयोग अपेक्षा राखिएको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ पुस ७ गते आइतबार