२०८१ चैत २९ , शुक्रबार (2025 Apr 11, Friday)

माओवादीप्रति जनताको आकर्षण बढ्दाे



दैलेख – नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सहइञ्चार्ज टेकबहादुर बस्नेतले गत महिना भएको स्थानीय तहको उपनिर्वाचनले माओवादीप्रति जनताको आकर्षण बढेको बताउनुभएको छ । दैलेखमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा दैलेखमा संगठन विस्तार र जनप्रेमी कामहरुले आउदो निर्वाचनमा उपलब्धीमूलक हुने आशा जगाएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले विकृति, विसंति बिरुद्धको सशक्त आन्दोलनले माओवादीप्रति जनताको समर्थन बढेको थियो, जनजीविकाका सवाल उठाउने र त्यस अनुसार पार्टी सुदृढीकरणमा जुट्न जिल्ला नेतृत्वलाई सुझाव दिनुभयो । माओवादीले विभेद र असमताको विरुद्धको अभियान फेरि चलाउनुपर्ने अवस्था आएको छ उहाँले भन्नुभयो ।

नेकपा माओवादी केन्द्रका दैलेख संयोजक गोपालकृष्ण रिजालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला इञ्चार्ज प्रेम कटुवाल, केन्द्रीय सदस्यहरु टेकबहादुर खाँण, गोपाल नेपाली, कृष्णबहादुर गुरुङ्ग, प्रदेश कमिटी सचिवालय सदस्य तारा शाही, प्रेस सेण्टरका केन्द्रीय सचिव नविन रिजाल, जिल्ला पार्टी सचिव टेकबहादुर खड्का लगायतले जिल्लाको राजनीतिक परिवेश बारे बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ पुस ७ गते आइतबार