२०८२ वैशाख १ , सोमबार (2025 Apr 14, Monday)

दुई जनाको जीवन बचाउने तमाङ सम्मानित



बगिरहेका दुईको जीवन बचाएका चनिकलाल तामाङ (दायाँ)

काठमाण्डौ – गत शनिबार ललितपुरको नख्खु खोलाको बाढीमा बगिरहेका दुई जना नागरिकको जीवन बचाएका चनिकलाल तामाङ साहसी युवालाई ललितपुर महानगरपालिकाले नगद एक लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज एक कार्यक्रममा उहाँले नगद र सम्मानपत्र प्रदान गर्नुभयो । यस्तो परोपकारी काममा सबैको भावना पैदा होस् भनेर चनिकलाललाई सम्मान गरिएको मेयर महर्जनले बताउनुभयो ।

‘खोलामा मान्छे बग्दै आएको देखें,  हेरेर बस्न सकेन । श्रीमती र छोरीले नजाऊ भन्दै थिए, खोलामा हाम्फालेर उहाँहरूकाे जीवन बचाउन सकें’ चनिकलालले सुनाउनुभयो । दुई जनालाई बचाउने काम गरेको भन्दै सर्वत्र उहाँको प्रशंसा भइरहेको छ ।

प्रकाशित मिति : २०८१ असोज १७ गते बिहीबार