
दैलेख – आवाज संठस्थाको आयोजनामा युरोपेली संघको आर्थिक सहयोग र संयुक्त राष्ट्र संघीय विकास नियोगहरु यूनिसेफ, यूएमएफपीए, विश्व श्रम संगठन र यूए उमनले संयुक्त अभियानमा सञ्चालित सशक्त महिला समृद्ध नेपाल परियोजनाले दैलेखको नारायण नगरपालिका स्तरीय किशोरी सञ्जाल गठन गरेको छ ।
आवाज संस्थाद्वारा सञ्चालित ‘सकारात्मक लैंगिक मापदण्डको प्रबद्वन, लैंगिक हिंसा रोकथाम र यसका सेवाहरुमा पहुँच अभिबृद्धि’ कार्यक्रमले शुक्रबार नारायण नगरपालिकाका ११ वटै वडाका किशोरीहरुको भेलाबाट नारायण नगरपालिका–६ की सपना सार्कीको अध्यक्षमा १६ सदस्यीय उक्त सञ्जाल गठनका गरेको हो ।
उक्त किशोरी सञ्जालमा उपाध्यक्ष, कल्पना तिवारी, सचिव रेखा बस्नेत, सहसचिव मञ्जू नेपाली, कोषाध्यक्ष पुष्पा रावल, सदस्यहरु दिपिका थापा, अनुजा महतरा, सरस्वती खत्री, धनसरा थापा, सबिता कठायत, बिपना थापा, सन्जिता न्यौपाने, लक्ष्मी सावन, डिलु रावत, मानिका कट्टुवाल र प्रतिमा कटुवाल हुनुहुन्छ ।
किशोरी सञ्जाल गठन अघि औपचारिक कार्यक्रममा किशोरावस्थामा आउने शारीरिक तथा मानसिक परिवर्तन, यो बेला हुनसक्ने जोखिम, सुरक्षा सावधानी, किशोरीहरुको अधिकार, किशोरी सञ्जालको भुमिका बिषयमा अभिमुखीकरण गरिएको आवाजका सामाजिक परिचालक सम्झना केसीले जानकारी दिनुभयो ।
नारायण नगरपलिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख पूर्णप्रसाद उपाध्याय, प्रास सूर्यलाल पाण्डे, नगरपालिकाको महिला शाखाका प्रमुख गीता बुढा, बाल विकास संयोजक कर्णबहादुर केसी, टीपीओ नेपालका मनोविमर्शकर्ता उर्मिला बीसीले किशोरीहरुलाई अभिमुखीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्