२०८१ पुस ८ , सोमबार (2024 Dec 23, Monday)

महाबुमा एमालेको अग्रता



दैलेख – स्थानीय तह उपनिर्वाचनको मतगणनाको सुरुवाती चरणमा एमालेले अग्रता लिएको छ । वडा नं. १ र ६ को दुई हजार दुई सय ५७ गणना हुँदा नेकपा एमालेका जङ्गबहादुर शाहीले एक हजार मत पाउनुभएको छ ।

उहाँको निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका झलकबहादुर भण्डारीले सात सय ४८ मत लिनुभएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका जङ्गबहादुर बरालले चार सय १९ मत पाउनुभएको छ ।

राप्रपाका सुर्जे रावलले २५, रास्वाका प्रकाशकुमार बुढाले १५, नेमकिपाका दुर्गबहादुर मगरले १० र नेकपा एसका जगतबहादुर हमालले २ मच पाउनुभएको थियो । निर्वाचन अधिकृत जिल्ला न्यायाधीश पाण्डेले ३८ मत बदर भएको जनाइएको छ ।

महाबु गाउँपालिकाका ६ वटा वडामा जम्मा ६ हजार नौ सय ८९ मत खसेको थियो । राति १० बजेदेखि गणना सुरु गर्दा दुई हजार दुई सय ५७ मत गणना गरिएकोमा दोश्रो चरणमा दुई हजार एक सय ४० मत गणना थालिएको छ । विहान ६-७ बजेतिर अन्तिम नतिजा आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १६ गते आइतबार