२०८२ असोज १५ , बुधबार (2025 Oct 2, Thursday)
इतिहासमा आज

संविधान लागू भएको आज १० वर्ष



काठमाण्डौं – नेपालको संविधान लागू भएको आज १० वर्ष पुगेको छ । २०६४ मा निर्वाचित पहिलो संविधानसभा ४ वर्षमा विघटन भएपछि २०७० मा निर्वाचित दोश्रो संविधानसभाले अघिल्लो संविधानसभाले तयार पारेको मस्यौदालाई स्वामित्व लिंदै बाँकी काम सकेर २०७२ असोज ३ गते तत्कालिन संविधानसभाबाट संविधान जारी भएको थियो ।

संविधानमा उल्लेखित ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू तत्कालिन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले हरेक धारा, उपधारा सस्वर वाचन गरी पारित गर्न अनुमोदनका लागि प्रस्तावन गर्ने संविधानसभा सदस्यहरुले ‘हुन्छ’ भन्दै समर्थन जनाउनुभएको थियो । यस त्रममा २०७२ भदौ ३० गते नब्बे प्रतिशत मतले पारित गरेको थियो ।

नेपालको इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो। नेपालको तराई क्षेत्रका जिल्लाहरूमा यस विरुद्ध आवाज उठाइएता पनि गणक पूरक संख्या पुराएर यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो ।

संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्षबाट २०७२ असोज १ गते प्रमाणित गर्नुभएको थियो । मधेशी दलहरुको विरोधवीच २०७२ असोज ३ गते नेपालका तत्कालिन डा‍. राष्ट्रपति रामवरण यादवले नेपालको संविधानमा हस्ताक्षर गर्दै संविधान जारी गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार