२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

प्रहरीद्वारा सरसफाई र संरक्षण सूचना बोर्ड राखियाे



ऐतिहासिक पञ्चदेवल संरक्षण सम्बन्धी सूचना बोर्ड राखिदै ।

दैलेख – ६९ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दैलेखले नारायण नगरपालिका–६ भूर्तीस्थित ऐतिहासिक पञ्चदेवलको सरसफाई, संरक्षण सम्बन्धी सूचना बोर्ड राख्नुसंगै र नारायण नगरपालिका ६ नं. वडा कार्यालयसंगकाे समन्वयमा पौराणिक ढुंगे धारामा जीर्णोद्घार गरेको छ ।

प्रहरी समेतको पञ्चदेवल संरक्षणमा चासो देखेपछि सचेतनामा सहयोग पुग्ला भनेर हिजो सरसफाई, आज पञ्चदेवल संरक्षण सम्बन्धी सूचना बोर्ड राखिएको र ढुंगे धारामा पानी चलाउन बाँकी भएकाेले भोलि फेरि प्रहरी टोली पुग्ने जिल्ला प्रहरी कार्यालय दैलखका इञ्चार्ज डीएसपी सुनिल दाहालले बताउनुभयो ।

पञ्चदेवल नजिकैकाे ढुंगे पौराणिक धारामा पानी सञ्चालन गर्न मुहानमा काम हुँदै 

सामाजिक सचेतना निम्ति गरिएका दुवै दिनका कार्यक्रममा डीएसपी दाहाल, प्रहरी इन्स्पेक्टद्वय लालबहादुर सुनार, सत्यनारायण चौधरी लगायतका प्रहरी कर्मचारी, नारायण नगरपालिका–६ का वडाध्यक्ष जनकप्रसाद न्यौपाने, पत्रकारहरू लगायतका स्थानीय बासिन्दाहरुको सहभागिता थियो ।

नेपाल प्रहरी ऐन २०१२ असोज ३१ गते लागू भएको दिनको अवसर पारेर असोज ३१ भएको वर्ष असोज ३१ गते र ३० को भएको वर्षमा असोज ३० गते नेपाल प्रहरी दिवस मनाउने गरिन्छ । प्रहरी दिवसको अवसरमा दैलेखले प्रहरीले सेवाग्राहीवीच सद्भाव अभिबृद्धिका लागि खेलकूद प्रतियोगिता राखेको जनाइएको छ ।

पानी सञ्चालनमा अवराेध भएकाे पञ्चदेवल नजिकैकाे पौराणिक ढुंगे धारा 

प्रकाशित मिति : २०८१ असोज २० गते आइतबार