२०८१ चैत २६ , मंगलबार (2025 Apr 8, Tuesday)

कोइला बालेर सुतेका आमा र छोराको मृत्यू



सुर्खेत – बीरेन्द्रनगरमा कोठाभित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यू भएको छ । बीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानको समावेशी टोलमा कोइला बालेर सुतेका तीन जना मध्ये आमा र छोराको निस्सासिएर मृत्यू भएको प्रहरीले जनाएको छ । मृत्यू हुनेमा ३० वर्षीय देबीसरा थापा घर्ती र ६ वर्षीय छोरा रियान घर्ती छन् । गम्भीर घाइते नौ वर्षीय रियाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी बीरेन्द्रबीर विश्वकर्माले जानकारी दिनुभयो ।

‘बुधबार राति खाना खाएर सुतेका तीन जना विहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खवर आएपछि त्यहाँ पुगेर ढोका फोडेर उहाँहरुलाई तत्कालै अस्पताल पु¥याइएकोे थियो । तर चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरिदिनुभयो तर रियाको मुटुको चाल चलिरहेको पाइएपछि सघन उपचार कक्षमा अहिले उपचार भइरहेको छ’ प्रहरी प्रवक्ता डिएसपी विश्वकर्माले बताउनुभयो । उनीहरु सुतेको कोठामा झ्याल लगाइएको र तसलामा कोइला बलिरहेको अवस्थामा फेला परेको उहाँले सुनाउनुभयो ।

आगो, कोइला, ग्याँस, गिजर बाल्दा कार्बन मोनोअक्साइड नामक ग्याँस उत्पादन हुने गर्दछ । धेरै समय बाल्दा अक्सिजनको सट्टा रगतमा कार्बन मोनोअक्साइड टाँसिने हुन्छ । कार्बन मोनोअक्साइड बढ्दै गयो भने शरीरमा अक्सिजन टाँसिने ठाउँमा कार्बन मोनोअक्साइड टाँसिने र शरीररमा अक्सिजन कम भएर दुर्घटना निम्तिने भएकाले धेरै समय बालेर राख्नु नहुने र हावा आवात जावत गर्ने ठाउँ हुनुपर्छ कर्णाली प्रदेश अस्पताल सुर्खेतका फिजियसन डा. केएन पौडेलको सल्लाह छ ।

ज्येष्ठ नागरिक र बालबालिकामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । आगो, कोइला, हिटरभन्दा पनि न्यानो लुगा लगाउनुपर्छ । तातो पानी, झोलिलो पदार्थमा जोड दिनुपर्छ । आगो, हिटर, कोइला लामो समय ताप्दा टाउको दुख्ने, चक्कर लाग्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने, वान्ता हुने जस्ता लक्षण देखिन्छ यस्तो संकेत देखिंदा ढोका बिधुतीय उपकरण भए बन्द गर्ने, आगो भए निभाउने र केही बेरका लागि झ्याल-ढोका खोल्न स्वास्थ्यकर्मीहरुको सुझाव छ ।

प्रकाशित मिति : २०८१ पुस ५ गते शुक्रबार