२०८३ जेठ १२ , मंगलबार (2026 May 26, Tuesday)

उपनिर्वाचन समीक्षा : सबैकाे प्रयासले शान्त भयाे



दैलेख – दैलेखको महाबु गाउँपालिका अध्यक्ष र दुल्लू मंसिर  १६ गते भएको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले बुधबार बाेलाउनु भएको बैठकले उक्त निष्कर्ष निकालेकाे हाे ।

‘समुदायमा मतदाताकाे राम्रो सहभागिता भयाे, सुरक्षाकर्मी र कर्मचारीकाे राम्रो परिचालन भयाे,  राजनीतिक दल सबैकाे समझदारी पनि अति राम्रो भयाे । सबैकाे समन्वयले निर्वाचन शान्तिपूर्ण वातावरणमा सकियाे’ मुख्य निर्वाचन अधिकृत पाण्डेले भन्नुभयो । उहाँले यस निम्ति सबैलाई धन्यवाद दिनुभयाे ।

समीक्षा कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मी, एमाले जिल्ला अध्यक्ष सूर्यबहादुर शाही, नेकपा माओवादी केन्द्ररका केद्रीय सदस्य टेकबहादुर खाँण लगायत राजनीतिक दलका प्रतिनिधि, दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसी समेतका सरकारी अधिकारीहरुकाे उपस्थिति थियोे ।

प्रकाशित मिति : २०८१ मंसिर १९ गते बुधबार