२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

नेपाल स्वयम्सेवी रक्तदाता समाज स्थपना दिवस



हाम्रो शरीर सधैं एकनास रहदैन । कहिले आफैलाई वा कुनै बेला परिवारका व्यक्तिलाई चोट पटक लाग्दा, विरामी यर्दा या यस्ता परिस्थितिमा रगतको कमी हुन जान्छ । त्यो बेला हामीले रगत माग्नु पर्ने हुन्छ । रगत पैंसा तिरेर पाइदैन, अझ भनौं कसैले पैंसा नहुदा रगत किन्न नपरोस् भनेर निशुल्क रक्तदान गर्ने उद्देश्यले नेपाल स्वयम्सेवी रक्तदाता समाजको स्थापना २०६२ माघ १५ गते भएको हो । समाजको स्थापना भएको १९ वर्ष पुरा भएको छ ।

रक्तदानको इतिहास
१६१६मा वैज्ञानिक डा विलियम हार्वेले मानव जाति लगायत सम्पुर्ण प्राणीहरुमा रक्तसञ्चार हुन्छ भन्ने तथ्य पत्ता लगाएका हुन। सन १६६५ मा डा रिचार्ड लोबेरले एउटा कुकुरको रगत अर्को कुकुरमा सफल सञ्चार गराएका थिए। सन् १८६४ मा जून १४ तारिखमा अष्ट्रियामा जन्मेका यिनले रक्तदानमा गरेको योगदानलाई सन्झना गरिँदै जून १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाइन्छ ।

ए,ओ र बि रक्त समूह हुन्छ भनेर मानव शरीरमा हुने रगतको रक्त समूह पत्ता लगाए।यसले चिकित्सा विज्ञानमा महत्त्वपूर्ण उपलव्धि भएको छख । सन १९१४ मा बेल्जियमका डा हस्टिनले मानव शरीरबाट निकालिएको रगतलाई आवश्यक तरल पदार्थ राखि निश्चित दिनसम्म सुरक्षित रहने गरि बोत्तलमा राख्न सकिने तथ्य सार्वजनिक गरेका थिए।सन १९३० मा डा कार्ल लेण्डेस्टेनरलाई नोवेल पुरस्कारबाट सम्मानित गरेका थिए ।

नेपालमा रक्तदानको इतिहास ८१ वर्ष पुरानो छ । नेपालका प्रथम रक्तदाता दयावीरसिंह कंसाकारले वि.सं. २००० मा रक्तदान गरी ‘रक्तदान जीवनदान’को पुनीत अभियान सुरु गरेका थिए । तत्कालीन राजा महेन्द्रले समेत रक्तदान गरेर यो अभियानलाई अघि बढाएको इतिहास छ । प्रेमसागर कर्माचार्य नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिमा पर्छन् । ‘ए पोजेटिभ’ रगत भएका उनले हालसम्म १८२ पटक रक्तदान गरी पुण्य अभियानमा समर्पित छन् । उनले नै नेपाल स्वयम्सेवी रक्तदाता समाजको स्थापना गरेका थिए ।

कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन् ?
पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शीररमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ । तर शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० एमएल मात्रै हो । त्यसकारण पुरुष र महिलाको शरीरमा प्रतिकेजी क्रमश २६ र १६ एमएलका दरले रगत बढी हुन्छ । यही बढी भएको रगतमात्रै दान गर्ने हो । नेपालको परिपेक्ष्यमा १८ वर्ष पूरा भएका, ६५ वर्ष ननाघेका र ४५ किलो वजनका भएका व्यक्तिले हरेक ९० दिनमा रक्तदान गर्न सक्छन् । ब्लड प्रेशर ११०÷७०, १६०÷९५ मिलिमिटर मर्करी हुनुपर्छ ।

हेमोग्लोविन १२ ग्राम अथवा यो भन्दा माथि हुनुपर्छ । यतिमात्र होइन रक्तदान गर्ने मानिसमा मुटु, फोक्सो, कलेजो स्वस्थ हुनुपर्छ । जण्डिस, मलेरिया, टाईफाइड, एडस, छारेरोग, क्षयरोग, मधुमेह, क्यान्सर, दम, उच्च रक्तचाप, मृगौलाको रोग, हेपाटाइटिसका रोगीहरूले रक्तदान गर्न हुदैन । गर्भवती, बच्चा जन्मेको २ वर्ष र महिनावारी भएको ७ दिनम्म दिनुहुदैन ।

हामीले शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ? रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन । हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् । कुनै बेला हामी आफैलाई रगत चाहिँदा कसले दिन्छ ? त्यसैले रक्तदान गरौं र अरुको अमूल्य जीवन बचाऔं । रक्तदान नै जीवन दान !

प्रकाशित मिति : २०८१ माघ १५ गते मंगलबार