२०८२ वैशाख ४ , बिहीबार (2025 Apr 17, Thursday)

सत्ता उलटपुलटको वर्ष बन्यो सन् २०२४



संयोग हो या राजनीतिकप्रतिको बितृष्णा सन् २०२४ मा विश्वका एक सयभन्दा वटा धेरै देशमा चुनावमा धेरै देशमा सत्तारुढ दलतहरुको सत्ता उलटपुलट भएका छन् । ठूलो जनसङ्ख्या भएका ब्राजिल, भारत, अमेरिका, पाकिस्तान, मेक्सिको, इन्डोनेसिया, फ्रान्स, बेलायत, दक्षिण अफ्रिका र रुसमा गएको वर्ष चुनाव भएका छन् । साथै युरोपेली संसद्का लागि जुन महिनामा चुनाव भयो ।

विश्व राजनीतिमा प्रभावशाली मानिएका दुई ठूला प्रजातान्त्रिक देशहरू भारत र अमेरिकामा चुनाव भए । यी चुनावको नतिजा भारतमा अप्रत्याशित नदेखिए पनि अमेरिकी चुनावी परिणामले धेरैलाई आश्चर्यचकित बनायो । नेशनल डेमोक्रेटिक इन्स्टिच्युटका अनुसार यी चुनावमा लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेका देशमध्ये ८० प्रतिशत देशको चुनावमा सत्तारूढ दल पराजित भएका थिए ।

४७ औं अमेरिकी राष्ट्रपतिका लागि नोभेम्बर ५ मा भएको चुनावबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी हुनुभयो । सत्तारुढ पार्टी डेमोक्रेटिककी प्रभावशाली उम्मेदवार कमला ह्यारिसले ‘स्विङ स्टेट’ भनिने राज्यमै नराम्रो पराजित हुनुभयो ।

बङ्गलादेशमा जनवरी ७ मा भएको आमचुनाव सत्तारूढ अवामी लिगले प्रचण्ड बहुमत हासिल गरेको थियो । तर प्रमुख विपक्षी बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहिष्कार अभियानले प्रधानमन्त्री शेख हसिनाको देश छाडेर अहिले भारतमा आश्रय लिइरहनुभएको छ । नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको दल भारतीय जनता पार्टी (भाजपा) ले एकल प्रचण्ड बहुमतसहितको नतिजा ल्याउन नसके पनि संसद्मा सबैभन्दा ठूलो दलको हैसियतले सरकार बनाएको छ ।

अक्टोबर २७ मा जापानमा पनि संसद्का लागि चुनाव भयो । भ्रष्टाचार काण्डहरूबाट गुज्रेको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले चुनावमा निकै ठूलो हार बेहोर्नुपरेको थियो, तथापि संसदमा सबैभन्दा ठूलो दल बनेको थियो ।

भेनेजुएलाको चुनाव विवादास्पद थियो । नेल्सन मन्डेलाको देश दक्षिण अफ्रिकामा मे २९ मा नेशनल एसेम्ब्लीका लागि आमचुनाव भएको थियो । यस चुनावमा मन्डेलाले स्थापना गरेको अफ्रिकन नेशनल कंग्रेस (एएनसी) लाई ठूलो झड्का लागेको थियो ।

रसियाको राष्ट्रपतिका लागि मार्चमा भएको चुनाव पनि विवादमा परेको छ । त्यहाँ राष्ट्रपति भ्लादिमिर पुटिन पुनः उम्मेदवार बन्नुभएको थियो र ८८ प्रतिशतभन्दा बढी मतसहित पाँचौं कार्यकालका लागि विजयी हुनुभयो ।

फ्रान्सको नेशनल एसेम्ब्लीका लागि जुन ३० र जुलाई ७ मा गरी दुई चरणमा आमचुनाव भयो । चुनावमा राष्ट्रपति इमानुएल म्याँक्रोको दललाई ठूलो झड्का लागेको थियो जसका कारण फ्रान्सेली सरकार अस्थिरताको भूमरीमा परेको छ । त्यस्तै बेलायतमा पनि जुलाई ४ मा भएको चुनावले उलटफेर नतिजा ल्यायो । कन्जरभेटिभ्स पार्टीका नेता एवम् प्रधानमन्त्री ऋषि सुनकको दलले नराम्रो पराजय बेहोर्याे ।

प्रकाशित मिति : २०८१ पुस १९ गते शुक्रबार