२०८३ असोज १३ , मंगलबार (2026 Sep 30, Wednesday)

महाधिवेशनमा युवाको दबदबा



दैलेख – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दैलेख क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधि चयनका लागि भएको प्रतिस्पर्धामा युवाहरूको उल्लेख्य उपस्थिति देखिएको छ । पार्टीलाई नयाँ पुस्ताको सोच, राष्ट्रिय राजनीति र विकासको स्पष्ट कार्यदिशासहित अघि बढाउने आकांक्षासहित युवा उम्मेदवारहरू मैदानमा उत्रिएका छन् ।

आदिवासी जनजाति महिलातर्फ करिस्मा कुमार रामजाली मगर, दुर्गाकुमारी श्रेष्ठ र सरस्वती श्रेष्ठ तथा खुलातर्फ देवेन्द्रकुमार पुन, विनोदकुमार श्रेष्ठ र हरिबहादुर राना प्रतिस्पर्धामा छन् । खसआर्य महिलातर्फ कमला कुमारी चन्द, मञ्जु कुमारी शर्मा पाण्डे, मोहनमाया प्याकुरेल र सीता न्यौली उम्मेदवार छन् ।

खसआर्य खुलातर्फ तीन पदका लागि कृष्णप्रसाद कोइराला, नरसिंह मल्ल, प्रकाशकुमार शाही, प्रकाश न्यौपाने, प्रेमबहादुर चन्द, वीरबहादुर शाही, भक्तबहादुर भण्डारी, लालबहादुर चन्द, सुवासकुमार थापा र हस्तराज अधिकारीबीच प्रतिस्पर्धा हुँदैछ । पेशागत विज्ञतर्फ खेमराज केसी, पूर्णप्रसाद कोइराला र रामबहादुर शाही उम्मेदवार छन् ।

युवा खुलातर्फ चेतन न्यौपाने, भीमबहादुर थापा, मनोजकुमार थापा र शुसिल देउजा प्रतिस्पर्धामा छन् । महिला खुलातर्फ दिपा कुमारी बि.सी., निर्मला कुमारी खड्का, मिना कुमारी खड्का, मिना कुमारी थापा, पुण्यप्रभा दर्सादी र बासना थापा उम्मेदवार छन् । यीमध्ये युवापुस्ताका उम्मेदवारप्रति कार्यकर्ताको चासो बढेको देखिन्छ ।

खुलातर्फ १० पदका लागि कृष्णकुमार बि.सी., डा. खगेन्द्रबहादुर शाही, खेमराज ओली, गणेशप्रसाद उपाध्याय, गणेशकुमार श्रेष्ठ, झलकबहादुर भण्डारी, टेकबहादुर कटुवाल, टोपबहादुर बुढा, नगेन्द्रबहादुर मल्ल, पदमबहादुर मल्ल, पूर्णबहादुर खत्री चालीसे, प्रेमबहादुर राजमाली, प्रकाशराज थापा, भूपेन्द्र शाही, मणिराम रेग्मी, यामबहादुर मल्ल, सन्देशकुमार श्रेष्ठ (शैलेस), हेमराज केसी र हेमशंकर अधिकारी प्रतिस्पर्धामा छन् ।

यसैगरी अपाङ्गतातर्फ कनकबहादुर सेन ठकुरी, गणेशबहादुर बोगटी र रणबहादुर कार्की, प्रजातन्त्र सेनानी/शहीद परिवार/द्वन्द्व प्रभाविततर्फ बखतबहादुर कटुवाल र महेन्द्रकुमार राना तथा समानुपातिक दलित महिलातर्फ पशुपति सुनार र सम्झना गाहतराज प्रतिस्पर्धामा छन् । अल्पसंख्यकतर्फ हिरा बादी, युवा महिलातर्फ अस्मिता रोका मगर र दलिततर्फ अभिषेक सोनी निर्विरोध निर्वाचित भएका छन् ।

श्रमिकतर्फ भरतबहादुर डाँगी निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी सूचीले यसपटक दैलेख कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोटमा पुस्तान्तरणको बहसलाई बल दिएको छ । पाका नेताहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोडिँदा पार्टीलाई विकास, रोजगारी र राष्ट्रिय राजनीतिका मुद्दामा थप प्रभावकारी बनाउन सकिने अपेक्षा कार्यकर्तामा देखिन्छ ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमबार