गुल्मी – रुरुक्षेत्र गाउँपालिका–२ लामाचौपारी आसपास कालीगण्डकी र रिडी खोलाको प्रभाव बढेपछि स्थानीयलाई बस्ती खाली गराउन थालिएको छ ।
खोलामा बहाव र जोखिम बढेपछि स्थानीयले घरमा रहेका सामान सुरक्षित स्थानमा सारेका छन् । वडाध्यक्ष नवराज बिकसहित स्थानीय युवाले जोखिममा रहेका घरका सामान सार्न सहयोग गरेका छन् ।
राति नै युवाहरूको सक्रियतामा जोखिममा रहेका परिवारका सामान सुरक्षित स्थानमा सारिएको स्थानीय प्रेम भण्डारीले बताउनुभयो ।
खोलाको प्रभाव बढ्न सक्ने भएकाले स्थानीयलाई सुरक्षित स्थानमा सारिएको उहाँले जानकारी दिनुभयो ।
खोलाको प्रभाव अझ बढ्न सक्ने भएकाले किनारका बस्तीका स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
प्रकाशित मिति : २०८३ असोज १० गते शनिबार









प्रतिक्रिया दिनुहोस्