
तत्कालीन अरुण–सप्तकोशी पूर्वको लिम्बुवान वि.सं. १८३१ साउन २२ गते गोर्खाली राजा पृथ्वीनारायण शाहसँग ‘नून–पानी’ सन्धि गर्दै नेपालमा गाभिएको थियो । पुरानो नाम याक्थुङ लाजे पछि फेदाप र अनि लिम्बुवान भनिएको यो क्षेत्र आठ राजाहरुसंग विशाल युद्ध पश्चात लिम्बुवान स्थापना भएको हो ।
लिम्बुवानमा शासन व्यवस्था सुव्यस्थित र लोकतान्त्रिक होस भनेर (१) यासोक, (२) संखुवा, (३) सभाया, (४) जल्लारा, (५) मझिया, (६) खपन, (७) माईवा भनेर सात थुममा छुट्याइएको थियो । दश राजाहरुले लिम्वुवान भित्र राज्य गर्न एक नियम बनाएका थिए । यसलाई ‘दश लिम्वुवान’ अनि लिम्वुवानमा यो शब्द चलनचल्तीमा छ ।
लिम्बुवानमा सन् १६०९ तिर विजयपुरमा लोहाङसेन भन्ने राजा भएका त्यसपछि वाजाहाङ, विद्याचन्द्र लिम्वुहरु पनि राजा भएको इतिहास पाइन्छ । वि.सं. १८२५ तिर वुद्धिकर्ण राय लिम्वु राजा भए । उक्त समयान्तरमा अथिङहाङ लिम्वु पनि राजा भए, उनकाे राज्यकाललाई भताभुङगे राजाको लथालिङगे दरवार भनेर पनि चर्चा गरेकाे पाइन्छ ।
हालको झापा, मोरङ, सुनसरी तथा सप्तरी, सिराह, धनुषा पर्दथ्यो। त्यस्तै तिव्वतीहरुले लिम्बुलाई चोङ भनेर सम्वोधन गर्ने चलन छ । वि.सं. १८३१ तिर लिम्बुवानको पश्चिमी क्षेत्रवाट गोर्खा राज्य शक्तिमा उदाई राज्य विस्तार गर्दै पूर्व लिम्बुवानसम्म आईपुग्यो ।
लिम्वुवान युद्धको कथा
वि.सं. १८२९ को साउन महिनामा गोरखाका राजा पृथ्वीनारायण शाहले किरात राज्यहरूको विरुद्ध आक्रमण गर्ने योजना बनाए । वि.सं.१८२९ मा वल्लो किरात र माझ किरात (खम्बुवान) लाई फत्ते गरे। वि.सं. १८३० मा गोर्खाली सेनाले लिम्बुवान माथि हमला ग¥यो। यस युद्धमा मेवाखोलाका शिया, आक्पा र मुकुम्बाहरूको ज्यान गयो ।
वि.सं. १८३१ बैसाख २५ गते गोर्खाली सेनापति रघु राना र लिम्बु सेनापति काङसोरेबीच मल्ल युद्ध भयो। वीरताका साथ यसरी १७ पटकको युद्धमा पटकै पिच्छे गोर्खा लिम्बुवानसंग पराजित भयो ।उनका सहयाेगीलाई प्रयाेग गरी काङसोरेको षडयन्त्रपूर्वक हत्या गरिएको थियाे ।
काङसोरेको षडयन्त्रपूर्वक हत्यापछि गोर्खाले लिम्बुवानका शासक लिम्बूहरुलाई दाजुभाईको सम्वन्ध गाँसी वि.सं. १८३१ श्रावण २२ लालमोहर ‘नून-पानी’ सन्धि गरी अहिलेको एकीकरण नेपाल अर्थात त्यसबेलाको गोर्खा राज्यमा गाभिएको थियो । सेनापतिकाे हत्या र सोझा लिम्बुवानलाई छल गरी राज्य लिएको लिम्बुवान समुदायले अहिले पनि आक्रोस पोख्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्